Samir Bhattarai

सुन मेरी बैनी

सुन मेरी बैनी,

आयौ तिमी यो घरको लक्ष्मी बनी

आमा , बुवा र यो दाईको खुशीको कारण बनी ।

सम्झाउला तिमीलाई गरेर माया

या गर्न परे गाली पनि ,

गाली गर्दा न सम्झनु माया गर्दिन भनेर

किनकि गाली उसैलाई गरिन्छ जसको

लाग्छ माया सब भन्दा बढी।

 

सुन मेरी बैनी,

तिम्रो सपनाहरु अनमोल छन्,

भन्लान् धेरैले यो न गर त्यो न गर

तर तिमी सधैं अडिक रहनु।

कठिन हुन सक्ला रोजेको त्यो बाटो

पूरा संसार ले गर्नेछ तिम्रो सहयोग

तिमी बस् आफ्नो मन को मान्नु

अरु कसैको न सुन्नु।

 

सुन मेरी बैनी,

आउँछ दुःख तिमीले रोजेको बाटोमा

तिमी कहिले आफूलाई एक्लै न ठान्नु,

आउनेछन् धेरै तिम्रोलागि जुन तारा झर्छु भन्दै

तिमी कसैको न पत्याउनु

नत्र बन्ला तिम्रो सब भन्दा ठूलो भूल

तिमी सधैं सतर्क रहनु।

रहँदैन सधैं यो दुःखका घडी

तिमी बस् आफैंमा विश्वास राख्नु।

 

सुन मेरी बैनी,

दाईको माया सधैं सर्तहिन् हुन्छ

यसलाई स्वीकार्य रूपमा न लिनु,

राख्छु तिमीलाई यो ऋदयको सबसे नजिक

यसमा घमण्ड गर्नु तर घमण्डी न हुनु।

हुन न सकुला सधैं तिम्रो साथमा, यसमा निरास न हुनु

तर साथ सधैं छ तिमीलाई मेरो, तिमी बस् मुस्कुराईरहनु ।

 

 

सुन मेरी बैनी,

सोचे जस्तो न होला सबै कुराहरु

त्यसमा कहिले हरेस् नखानु

\" Iife is beautiful thing to explore, live it don\'t just survive\"

भनेर आफूलाई सम्झाउनु

र सधैं

जीवनको बाटोमा तिमी अगाडि बढ्नु।