Samir Bhattarai

बाल्यकालको साथी

पिलिक पिलीक गर्ने जुनकिरी सँग खेल्दै हुर्केको म

स-साना भँगेरा हरुको उडान हेर्दै हुर्केको म,

कुहु कुहु गर्ने कोइलीको गीतमा नाच्दै हुर्केको म

रंगीविरंगी पुतलीहरुलाई पछ्याउँदै हुर्केको म ।

 

आज,

खोज्दा नि भेट्दिन पीलिक पीलीक गर्ने  ती

जुनकिरी हरु साँझ मा

न देख्छु ती स-साना भँगेरा हरु आकाशमा,

तड्पिन्छन् कान सुन्नलाई  कोइलीको कुहु कुहु

न त पाएँ मैले ती रंगीविरगी पुतलीहरू आफ्नो माझ मा।

 

हे ईश्वर,

कहाँ गए मेरा ती बाल्यकालका साथी हरु

जो सँग बिताए मैले मेरो अविस्मणीय बाल्यकाल,

रिसाएर गएका हुन् की ?या गए तोडेर मित्रता हाम्रो

भेट्नुभो भने भन्दिनु है?  पर्खाइ मा छ

एउटा बाल्यकाल को साथी तिम्रो ।

 

उनीहरूको खोजी मा म भौंतारिनथिएँ यता उति

पर बाट बत्ती देख्दा सोच्थिएँ ,त्यो मेरो साथी पो होकी?

एक बिहान म घर बाहिर निस्के कोइलीको कुहु कुहु

सुनी,

खुशीले मुहार खुल्यो देखेर कोइलिलाई सोधे मैले साथी आयौ तिमी?